भारतीय गायक केकेको पोस्टमार्टम र अटोप्सी रिर्पोट सार्वजनिक, के हो उनको मृत्युको कारण ?


जेठ २२, मुम्बई । केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ। दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ।

रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगतका पम्पिङ प्रभावित भएको थियो। यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो।

कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ। ‘तर, प्रारम्भिक र अन्तिम पोस्टमार्टम रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भनेका छन्।

गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ भएका थिए। त्यसपछि उनलाई अस्पताल लैजादा मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?