वास्तविक जीवनमा घृणाको पात्र बनेका यी भिलेन
असार २२, मुम्बई । बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन्। तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व अलग-अलग थियो।
केही मात्र यस्ता कलाकार थिए, जो पर्दामा भिलेनको भूमिकामा मात्र देखिन्थे। तर यी कलाकारलाई भने त्यो चरित्र पर्दामा निभाइरहँदा वास्तविक जीवनमा चरित्रकै कारण घृणाको पात्र बन्नुपरेको थियो। यहाँ त्यस्ता केही भिलेनको बारेमा वर्णन गरिएको छ, जसले वास्तविक जीवनमा दर्शकबाट घृणाको अनुभव गरे।
प्राण
प्राण बलिउडका एक त्यस्ता अभिनेता थिए, जसले पर्दामा अलग–अलग भूमिकाका लागि चिनिए। तर उनलाई अहिले पनि बलिउडको उत्कृष्ट भिलेनका रूपमा चिनिन्छ। वास्तविक जीवनमा प्राणले कैयौंपटक अनस्क्रिन भिलेनको भूमिकाको असर भोग्नुपर्याे। प्राणलाई फिल्म ‘उपकार’ अघि जोकोहीले सडकमा देख्दा उनलाई फटाहा, गुण्डा र आवारा जस्ता शब्द प्रयोग गर्थे। प्राणको भिलेन चरित्रले दर्शकमा यति प्रभाव जमाएको थियो कि त्यो समयका आमाबाबुले छोराको नाम प्राण नै राखेका थिए।
प्रेम चोपडा
प्रेम चोपडालाई अहिले पनि जोकोहीले देख्दा या भेट्दा उनको लोकप्रिय संवाद ‘प्रेम नाम है मेरा’ सम्झन्छन्। उनले पनि कैयौं फिल्ममा भिलेनको भूमिका निभाए पनि वास्तविक जीवनमा त्यसको पीडा भोग्नुपरेको छ। प्रेमको चरित्रलाई दर्शकले यति गम्भीर रूपमा लिए कि कोही विवाहित दर्शकको अगाडि उनी पुग्दा दर्शकले आफ्नो श्रीमती लुकाउँथे। त्यो समयमा उनले आफ्नो वास्तविक जीवनमा फिल्मको जस्तो भिलेन नभएको सम्झाउनु परेको थियो।
रञ्जित
बलिउडमा भिलेनको कुरा गर्दा नछुट्ने नाम हो, रञ्जित। उनले फिल्ममा भिलेनको चरित्र निर्वाह गरे पनि निजी जिन्दगीमा उनले त्यो असर घरमै भोग्नुपरेको थियो। फिल्ममा उनले अभिनेत्री अथवा अन्य कोही युवतीलाई बलात्कार गरेको दृश्य हेरेका उनका बाबुआमाले रञ्जितलाई घरमा प्रवेश गर्न रोक लगाएका थिए। उनका आफन्तले पनि उनीसँग सम्बन्ध तोडेका थिए।
जीवन
अभिनेता जीवनले पनि बलिउडका कैयौं फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन्। जसको असर उनको निजी जीवनमा राम्रैसँग पर्याे। उनी एक कार्यक्रममा सहभागिता जनाउन मुम्बई बाहिर जाँदा जब उनी ट्रेनबाट उत्रिए, त्यो समयमा एक महिलाले उनीमाथि चप्पल प्रहार गरिन्। त्यसपछि उनले ती महिलालाई आफूलाई चप्पल हान्नुको कारणबारे सोध्दा महिलाले अपशब्द प्रयोग गर्दै विश्वकै सबैभन्दा घटिया व्यक्ति भनी गाली गरेकी थिइन्।
गुलशन ग्रोवर
बलिउडमा ‘ब्याडमेन’को पहिचान बनाएका अभिनेता गुलशन ग्रोबरको पीडा पनि कम छैन। गुलशन बाल्यकालमा आमाका साथ गुरुद्वार जाँदा उनलाई जोकोहीले एक आदर्श बालक सम्झन्थे। तर जब उनले फिल्ममा भिलेन र नकारात्मक भूमिका निभाउन थाले, उनीमाथिको सोचाइमा परिवर्तन भयो। उनको आमाबाबु पनि गुलशनको फिल्मी चरित्र हेर्दा लज्जित हुन्थे।
यसबाहेक शक्ति कपूर, अमरिश पुरी र अनुपम खेरलगायत कैयौँ अभिनेताहरु आफ्नो भिलेन चरित्रका कारण वास्तविक जीवनमा घृणाको पात्र बने।