गजल : अँध्यारोमा राख्छाै सधैं
असार २६, काठमाडौँ ।
खाना नाना छानामध्ये, कुनै दिन्नाै आफू ।
अँध्यारोमा राख्छाै सधैं, हुनै दिन्नाै आफू ।।
चीलकाे हाैवा फैलाएर, चल्ला चाेरे जस्ताे ।
आकाश छुने साेप्न छरी, नुनै दिन्नाै आफू ।।
गाँस खाेज्नमै बित्नु हुन्न, मानवीय जीवन ।
त्यो जुन छुन जरुरत छ, छुनै दिन्नाै आफू ।।
बन्धन ताेड्ने एउटा विस्पाेट, जरुरी छ यहाँ ।
शान्ति कायम गर्ने नाउँमा, रुनै दिन्नाै आफू ।।
® बडुवाल कपिल सिजापति, अछाम