‘नेपालको भविष्य नेपाल साइन्स’ योजनामा जुट्दै अष्ट्रेलियाका नेपाली बैज्ञानिक डा. राजु अधिकारी


नेपालमा अवसर नपाएर वा नयाँ ज्ञान लिने उद्देश्यका साथ नेपाली प्रतिभाहरू विश्वका हरेक कुनामा पुगेका छन्। सम्बन्धित देशले उनीहरूको प्रतिभाको भरपुर उपयोग गरिहेको छ। राम्रो अवसर र आकर्षक सुविधाले उनीहरुलाई सोही देशमा बस्न प्रेरित गरिरहेको हुन्छ। त्यस्तै, मध्ये एक हुन् अष्ट्रेलियामा बसरिरहेका डा. राजु अधिकारी।

नेपाल बिज्ञान र अनुसन्धानको क्षेत्रमा धेरै पछि छ तर उनी एक यस्तो नेपाली व्यक्तित्व हुन्, जो अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल रिसर्च अर्गनाइजेशन सीएसआईआरओ बाट सम्मानित भएका छन्। बैज्ञानिक डा. अधिकारी अस्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय आरएमआइटी युनिर्भरसीटीमा अनुसन्धानमा पनि संलग्न छन्।

नेपाली मुलका नागरिक विश्वको उच्च ओहोदामा पुगिसकेका छन्। सम्बन्धित देशहरुले उनीहरुको ज्ञान र सीपलाई उपभोग गरिरहेका छन् भने नेपालले कसरी हुन्छ विदेशमा रहेका दक्ष नागरिकबाट त्यो ज्ञान र सीप भित्राउनु पर्ने भन्दै एक दशक भन्दा लामो समयदेखि वैज्ञानिक डा. राजु अधिकारीले वकालत गर्दै आइरहेका छन्। वैज्ञानिक डा.राजु अधिकारीले अस्ट्रेलियाको बिज्ञान र अनुसन्धानको क्षेत्रमा गरेको कामको सुची निकै लामो छ।

अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल रिसर्च अर्गनाइजेशन सीएसआईआरओ का वैज्ञानिक अधिकारीले करिब ३ दशक देखि आफ्नो ज्ञान र सिपलाई तिखार्दै अस्ट्रेलियाको पोलिमर प्रविधिमा प्राप्त दक्षताले अस्ट्रेलियन सरकारबाट सम्मानित समेत भएका छन्। उनी भन्छन्, हामीले सिकेको प्रबिधि नेपालसम्म लैजान चाहन्छौं, धेरै पटक सरकारसँग कुरा पनि हुन्छ तर कार्यान्वयनमा जटिलता छ।

सन् १९९२ मा सीसीरोमा पोष्ट डक फेलोका रूपमा अस्ट्रेलिया आएका डा राजुले ३० वर्ष अध्ययन र अनुसन्धानमा बिताएका छन्। वैज्ञानिक श्रीलंकन डा। पथिराजा गुणतिलक र डा राजु नेतृत्वको टिमले पोलिमर प्रविधि (ईलास्ट–ईन नोभोसोर्ब) काम गरेका काम हाल ईलास्ट–ईन टेक्नोलोजी अब पेसमेकर सिसा, क्याथेटर र स्टन्टको कोटीडमा घाउहरुको उपचारमा मद्दत गर्न डिजाइन गरिएको बायोडिग्रेडेबल टेम्पोराइजिङ म्याट्रिक्स विश्वभर प्रयोग भइरहेको छ।

गैर आवासीय नेपाली संघ एनआरएनले नै एउटा माध्यम हो, जसले सरकार र नेपालमा रहेका अन्तर्राष्ट्रिय समुदायलाई जोड्दछ। एनआरएनको आईसिसि च्याप्टर अन्तर्गत क्प्क्ष् टाक्स फोर्स, नेपाल साइन्स फाउन्डेसन ट्रस्टका संस्थापक अध्यक्ष वैज्ञानिक डा.अधिकारी नेपाल साइन्स र नेपालको भविष्य भन्ने नारा सहित विश्वभरी रहेको नेपाली मूलका वैज्ञानिकहरुलाई समेटेर अनुसन्धानको क्षेत्रमा काम गर्ने परामर्श गर्दै ड्राफ्टको तयारीमा छन्।

नेपालमा ओपन हार्ट शल्यक्रिया गर्न अस्टे«लियनले नै पहिलो प्रशिक्षण दिएको स्मरण गर्दै वैज्ञानिक डा.अधिकारी राजनितिबाट टाढा बसेर सरकारले काम गनुपर्ने बताउँछन्। नेपालको युवा बैज्ञानिकहरुको लागी काम गर्न मन हुदाँ पनि एनआरएनको आन्तरिक राजनिती एकातिर र नेपालको राजनिती अर्कोतिर तगारो जस्तै रहेको उनको दुखेसो छ। केही कामहरु त भएको छ, हुदैं नभएको पनि होइन तर काार्यान्वयन तहमा लैजान नेपाल सरकारको धेरै चरणको प्रक्रियाबाट आजित भइने उनको अनुभव छ।

अष्ट्रेलियन सरकारको सहकार्यमा मलिकुलर बायोलोजी ल्याब बनाउने प्रस्तावको फाइलमा अहिले एनआरए र दुतावासबीच छलफल भइरहेको छ। उनी भन्छन् , नेपालको अनुसन्धानमा कोशेढुंगा हुने उक्त अनुसन्धानात्मक ल्याबको फाइल अष्ट्रेलियाका लागी नवनियुक्त राजदुत कैलाशराज पोखरेल कार्यभार सम्हालेपछि यस फाइल अघि बढ्नेमा आशा छ।

सीएसआईआरओमा करिब तीन दशक को अनुभव रहेका वैज्ञानिक डा.अधिकारी नेपाल दक्ष जनशक्तिको पलायन भयो भनेर भन्नु भन्दा पनि त्यहाँको ज्ञान, सीप र लगानीलाई नेपालमा हन्तानतरण गर्न सहज प्रक्रिया थाल्न सरकारले अब ढिला गर्न नहुने तर्क गर्छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?