सुशान्तको तस्बिरअंकित टिसर्ट बहिस्कारको माग


साउन ११, मुम्बई । फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवंगत भएको दुई वर्ष पुगेको छ। तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन्। सुशान्तको मृत्युलाई लिएर कैयौं कुरा बाहिर आए। कतिपयले उनलाई डिप्रेसन भएको, लागुऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको शिकारसम्म बनेको दाबी गरे। तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो।

उनका फ्यानहरू अहिले पनि सुशान्तले न्याय पाउनुपर्नेमा आवाज उठाइरहेका छन्। तर अहिले भने उनका फ्यानहरू सुशान्तको तस्बिर दुरुपयोग गरिएको भन्दै रिसाएका छन्।

अनलाइन सपिङ प्लेटफर्म फ्लिपकार्टमा बिक्रीका लागि एक टिसर्ट राखिएको छ। जहाँ सुशान्तको तस्बिर छापिएको छ। फ्यानहरूले उक्त तस्बिरभन्दा पनि तस्बिरमा लेखिएको कुराप्रति आपत्ति जनाएका छन्। टिसर्टमा सुशान्तको तस्बिरसँगै ‘डिप्रेसन डुब्नु जस्तै हो’ भनी लेखिएको छ।

फ्यानहरूले टिसर्टमा लेखिएको वाक्यले सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको भन्ने अर्थ लगाएका छन्। उनीहरू यो अर्थलाई झुटो दाबी गरिरहेका छन्। सोहीकारण टिसर्ट बहिस्कारको अभियान चलाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?