मदन पुरस्कारका लागि छानिए यी आठ पुस्तक


साउन २३, काठमाडौँ । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन्। पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन्।

अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन्।

यिनै आठमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?