कुटपिट मामलामा गायिका कार्डी दोषी ठहर


असोज २, लसएन्जल्स । ग्रामी अवार्ड विजेता र्‍यापर कार्डी बीलाई सरकारी वकीलले न्यूयोर्कको एक स्ट्रिप क्लबमा कुटपिट गरेको एक वर्ष पुरानो मुद्दामा बिहीबार दोषी ठहराएको छ। उनले सजाय स्वरुप १५ दिनसम्म सामुदायिक सेवा गर्नु पर्नेछ।

२९ वर्षीया कार्टीले सामुदायिक सेवाको सर्त स्वीकारेकी छन् । किनकी यो मुद्दा अदालतले ट्रायलमा लैजाने तयारी गरिरहेको थियो। यसमा सजाय पनि हुने सम्भावना थियो।

कार्डी न्यूयोर्ककी हुन् र उनको वास्तविक नाम बेल्कालिस अल्मनसार हो। कार्डी सन् २०१८ अगष्टमा भएको झगडाको दुई मामलामा दोषी ठहरिएकी हुन् । उनीविरुद्धको अन्य १० मामलालाई खारेज गरिएको छ। अदालतले दुई प्रतिवादीलाई दोषी ठहराएको छ।

सरकारी वकिलका अनुसार कार्डीमाथि एन्जिल्स स्ट्रिप क्लबका कर्मचारीमाथि कुटपिटको आरोप छ। बारटेण्डरबाट भएको झगडामा कुर्सी, बोतल र हुक्काको पाइपबाट कर्मचारीलाई कुटपिट गरिएको थियो। जसबाट कर्मचारीमध्ये केहीलाई सामान्य र केहीलाई गम्भीर चोट लागेको थियो।

क्वीन्स डिस्ट्रिकको अटर्नीले काडीलाई दोषी ठहराउँदै कोही पनि कानुनभन्दा माथि नरहेको बताएको थियो । अटर्नीले कार्डीलाई सजायभन्दा पनि सामुदायिक कामका लागि उपयुक्त हुने भन्दै निर्णय सुनाएको हो। यद्यपि, सन् २०१९ मा कार्डीले यस्तै किसिमको सम्झौता अस्वीकार गरेकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?