ग्रीसमा भूकम्पको धक्का


असोज २३, एजेन्सी। ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?