कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा
असोज २६, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन्। उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो।
कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए।
कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ। उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन्। राय २०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए।