रुसको पछिल्लो हमलामा ७ युक्रेनीको मृत्यु


असोज २७, किभ । रुसले गरेको पछिल्लो हमलमा ७ जनाको मृत्युु हुनुका साथै ८ जना घाइते भएका छन्। पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन्।

अवडिभकामा भएको गोलाबारीको परिणामस्वरूप कम्तीमा सात जनाको मृत्यु भएको छ र ८ जना घाइते भएका छन्। रुसीहरूले केन्द्रीय बजारमा आक्रमण गरे, जहाँ धेरै मानिसहरू त्यस समयमा थिए’ दोनेत्स्क क्षेत्रीय गभर्नर पाभ्लो किरिलेन्कोले भने।

युक्रेनले रुस र क्रिमियालाई जोड्ने पुलमा शक्तिशाली विस्फोट गराएपछि किभविरुद्ध मस्को आक्रमक भएको छ। यसअघि रुसले राजधानी किभलगायत युक्रेनका विभिन्न सहरमा हमला गर्दा १० जनाको मृत्यु हुनुुका विकासका पूर्वाधारहरूमा ठूलो क्षति भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?