हनुमान चरित्रले शाकाहारी बनेका दारा सिंह
असोज २९, एजेन्सी। बलिउड अभिनेता दारा सिंह लोकप्रिय धार्मिक टेलिफिल्म ‘रामायण’ मा ‘हनुमान’ को भूमिका निर्वाह गरेर विश्वभर लोकप्रिय बने। तर उनीसँग जोडिएको एक किस्सा भने कमैलाई मात्र थाहा होला। हनुमान बन्नकै लागि दाराले जीवनमा एउटा महत्वपूर्ण निर्णय लिएका थिए। उनले ‘रामायण’कै लागि हनुमान हुन शाकाहारी बनेका थिए। त्यसअघि मांसाहारी उनी ‘रामायण’ अवधिभर शाकाहारी नै भएका थिए।
सुटिङ सकेर घरमा आउँदा अधिकांशले उनको खुट्टा ढोगेका थिए। मानिसहरुले उनलाई हनुमान नै ठानेर पूजा समेत गर्दथे। कुनै समय मन्दिरमा उनका तस्वीर पनि राखिन्थे। मन्दिरमा समेत आफ्नो तस्वीर राखिएपछि उनले सदाका लागि शाकाहारी भोजन अपनाउने निर्णय लिए।