दाङमा एउटै खाल्डोमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला


असोज ३०, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरी शव फेला परेको छ। तीन दिनअघि घरबाट हराएका उनीहरुको शव तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा आज फेला परेको हो।

जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?