खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला
असोज ३२, दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए। उनीहरूको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो।
घटना शंकास्पद भएको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।