विद्यालय जाँदा हराएकी १२ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा सुटकेशमा फेला


कार्तिक १, एजेन्सी । हराइरहेकी १२ वर्षीया बालिकाको शव सुटकेशमा फेला परेको छ। पेरिसमा घाँटी छिनाइएको अवस्थामा ती बालिकाको शव फेला परेको फक्स न्युजले उल्लेख गरेको छ।

उनको शवमा १ र ० नम्बर समेत राखेको पाइएको अधिकारीहरूले बताएका छन्। नाम नखुलेकी फ्रान्सेली बालिकाको हात र खुट्टा टेपले बाँधिएको थियो। उनको मृत्यु श्वासप्रश्वासका कारण भएको देखिएको फक्स न्युजले रिपोर्ट गरेको छ।

घटनामा सोधपुछका लागि कम्तिमा चार जनालाई हिरासतमा लिएको छ। तर, कसैलाई पनि अभियोग लगाइएको छैन। फ्रान्सको राजधानीमा शुक्रबार विद्यालय गएपछि छोरी घर नआएको भन्दै बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि उनको खोजी सुरू भएको थियो।

बालिकाका बुबाले प्रहरीलाई भने अनुसार उनले मृतक छोरीलाई एक महिलासँगै गएको भिडियो फुटेजमा देखेका थिए। पछि तीनै महिला सुटकेस बोकेर हिँडेको देखिएको थियो।

शुक्रबार राति ११ः ३० करिब बजे प्रहरीले परिवारको घरबाट केही टाढा रुई डी हाउटपौलमा एक शंकास्पद सुटकेस फेला पारेको भन्दै खबर प्राप्त गरेको थियो।

प्रहरीले हत्या गरिएको बालिकाको शवमा १ र ० नम्बर राखिएको पुष्टि गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?