कोरियाली चर्चित व्यान्ड बीटीएसका सबै सदस्य सेनामा भर्ना हुँदै
कार्तिक २, सोल । दक्षिण कोरियाको चर्चित व्यान्ड ग्रुप बीटीएका सबै सदस्यले चाँडै नै देशको सेनामा भर्ना हुने भएका छन्। दक्षिण कोरियाको नियमअनुसार १८ देखि २८ वर्ष उमेर समूहका सबै युवालाई सेनामा दुई वर्षको तालिम लिन अनिवार्य छ।
बीटीएसका जति सदस्य छन्, तीमध्ये एकलाई छाडेर बाँकी सबैको उमेर २८ भन्दा कम छ। यहीकारण त्यहाँको नियम पालना गर्दै उनीहरू सेनामा भर्ना हुन लागेका हुन्।
दक्षिण कोरिया एक यस्तो देश हो, जुन देश जहिल्यै वार जोनमा रहन्छ। छिमेकी देश उत्तर कोरियासँग दक्षिण कोरियाको युद्धको डर सधै छ। युद्धको अवस्थामा अधिकभन्दा अधिक जनशक्तिको आवश्यकता पर्छ। यहीकारण दक्षिण कोरियाली सरकारले १८ देखि २८ वर्षभित्रका युवा वर्गलाई अनिवार्य सेनामा दुई वर्ष सेवा गर्नुपर्ने नियम बनाएको छ।
व्यान्डका मेनेजरले हालै एकअन्तर्वार्तामा अब बीटीएस सन् २०२५ को आसपास मात्र स्रोता तथा दर्शकमाझ आउने बताएका थिए।