बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन राजीनामा


कार्तिक ३, लन्डन । बेलायतका कट्टरपन्थी गृृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छिन्। योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ। राजीनामा पत्रमा ब्रेभरम्यानले “नियमहरूको प्राविधिक उल्लङ्घन“ भएको स्वीकार गर्दै अगाडि भनिन्, “मैले गल्ती गरेको छु म जिम्मेवारी स्वीकार गर्छु, म राजीनामा गर्छु।“

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्रीको रेकर्ट बनाएको छ। क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?