लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा


कार्तिक ७, लमजुङ । लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा ८३ मतदानस्थल संवेदनशील छन्। अतिसंवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।

मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्लामा २३ मतदानस्थल मात्रै सामान्य देखिएका छन्। भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट टाढा, दुर्गम, विगतका घटनालगायतका सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशीलमा परेका प्रजिअ वैद्यले बताए।

संवेदनशीलमा थप १ जना र अतिसंवेदनशीलमा २ जना थप गरेर प्रहरी परिचालन गरिने डीएसपी प्रकाश श्रीमलले बताए। उनका अनुसारभित्र हतियारसहित प्रहरी बस्छन्। उनीहरूको ‘ब्याकअप’ मा म्यादी प्रहरी हुन्छन्। बाहिरी घेरामा सशस्त्र प्रहरी र मतदानस्थल देखिने ठाउँमा नेपाली सेना परिचालन हुने उनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?