जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा


कार्तिक ९, वर्लिन । जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा पुगेका छन्। रुसी सेनाले युक्रेनका विभिन्न उर्जा केन्द्रमा हमला गरिरहेका बेला जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले स्कोल्जले राजधानी किभको हमला गरेका हुन्।

पश्चिमा देशहरुले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका भइरहेको जर्मन राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो।

युक्रेनीहरूमा एकताको सन्देश दिन आफूले किभको भ्रमण गरेको उनले बताएका छन्। रुसी सेनाले युक्रेनमा २४ फेब्रुवरीदेखि आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाललाई निशाना बनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?