महिलाको तस्वीर दुरुपयोग गर्ने भण्डारी पक्राउ
कार्तिक १०, काठमाडौँ । नेपाल प्रहरीले महिलाको तस्वीर दुरुपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्वीर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिए।
भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट छ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।