गठबन्धनले महोत्तरी- १ ‘क’ को विवाद टुंग्यायाे


कार्तिक १२, महोत्तरी । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ। महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्याेल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ। क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन। क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो।

क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ। `भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,´ लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?