कांग्रेसको चुनावी घोषणापत्र : सुत्केरीभत्ता ५ हजार पुर्याउने
कार्तिक १२, काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्याउने उल्लेख छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको हो।
सरकारले चालु आर्थिक वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएको छ।