निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : शारदादेवी थापा


कार्तिक १३, महोत्तरी । एमाले नेतृ तथा महोत्तरी १ (क्) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन्। विशेषगरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन्।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनको भनाइ छ। उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?