माओवादी, एकीकृत समाजवादी र राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने
कार्तिक १३, काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै जाँदासमेत प्रमुख दलहरूले मतदातासमक्ष चुनावी घोषणापत्र लैजान सकेका छैनन्। निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन्।
सत्तागठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ। अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन्।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राप्रपालगायतका दलले भने घोषणापत्र सार्वजनिक गरेका छन्। माओवादी, एकीकृत समाजवादी र राप्रपाले भने सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन्। राप्रपाले ५ कात्तिकमै घोषणापत्र सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म ल्याउन सकेको छैन। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सोमबार घोषणापत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।
एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने बताए। माओवादी केन्द्रले पनि सोमबारकै दिन संकल्प पत्र सार्वजनिक गर्ने भएको छ।