सार्वजनिक रूपमा एकै पटक १ हजार जनालाई मृत्युदण्ड दिने इरानको तयारी
कार्तिक १६, एजेन्सी । इरानमा करीब १ हजार जनालाई एकै पटक मृत्युदण्ड दिइने भएको छ। इरानी अधिकारीहरूले राजमानी तेहराममा देशलाई घेरेको आन्दोलनमा संलग्न उनीहरूलाई मृत्युदण्ड दिइने घोषणा गरेका हुन्।
यो सामुहिक कारबाही सरकारको पहिलो ठूलो कानुनी कारबाही हो। यो कारबाहीले छ हप्ता भन्दा बढी पहिले देखि अशान्ति फैलिएको असन्तुष्टिलाई शान्त पार्ने अधिकारीहरूले बताएका छन्।
इरानको सरकारी सञ्चालित आइआरएनए समाचार एजेन्सीले न्यायिक अधिकारीहरूलाई उद्धृत गर्दै प्रदर्शनमा केन्द्रीय भूमिका खेलेका १,००० मानिसहरूलाई सुरक्षा गार्डहरूमाथि आक्रमण गर्ने, सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने र अन्य विध्वंसक कार्यहरू गरेको आरोपमा तेहरानमा मात्रै मुद्दा चलाइनेछ।
तेहरानका प्रधानन्यायाधीशलाई उद्धृत गर्दै अर्ध सरकारी समाचार एजेन्सी तस्निमले उक्त मुद्दाको सुनुवाइ क्रान्तिकारी अदालतमा हुने बताएको छ। यो मृत्युदण्ड यसै हप्ता सार्वजनिक रूपमा नै दिइने उक्त समाचार एजेन्सीले उल्लेख गरेको छ।
सेप्टेम्बर १६ मा प्रहरीको हिरासतमा रहेकी २२ वर्षीया महसा अमिनीको मृत्युलाई लिएर राष्ट्रव्यापी विरोध सुरु भएको थियो। उनलाई इरानको महिलाका लागि कडा ड्रेस कोडको उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो।
यो आन्दोलन इरानमा महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्ने नियमको विरूद्धमा समेत केन्द्रित भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन्। तेहरानका अधिकारीहरूले इरानका विदेशी शत्रुहरूले अशान्तिलाई बढावा दिएको दावीहरू दोहोर्याइ रहेका छन्।