रुपन्देहीमा चिनजानकै साथीबाट दुई किशोरी बलात्कृत, तीन जना पक्राउ


कार्तिक १६, बुटवल । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्।

सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन्।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?