श्रीमती र छोराछोरी अल्छी हुन्छन् भनेर चिठ्ठामा जितेको करोडौँ रकमबारे थाहा नदिने एक व्यक्ति


कार्तिक १७, काठमाडौँ । चीनमा एक जना व्यक्तिले चिठ्ठामा करिब २२ करोड युआन श्रीमती र छोराछोरीहरूसँग लुकाएका छन्। उनले त्यति पैसा भएको थाहा पाएपछि उनीहरू अल्छि हुने दाबी गर्दै चिठ्ठामा जितेको रकमबारे केही नबताएका हुन्।

मिस्टर लिका नामले चिनिने पुरूष लटरी अफिसमा पुरस्कार दाबी गर्न एक्लै गएका थिए। उनले पुरस्कार बापतको रकम लिने समयमा पहेँलो कार्टुनको लुगा लगाएर कसैले पहिचान गर्न नसक्ने भएका थिए।

‘मैले मेरी श्रीमती र बच्चालाई उनीहरू धेरै सन्तुष्ट हुनेछन् र भविष्यमा काम वा कडा परिश्रम गर्दैनन् भन्ने डरले चिठ्ठामा जितेको रकमबारे भने।’ उनले भनेका छन्। उनले जितेको रकमध्ये ५० लाख युआन च्यारिटिका लागि दान दिएका छन्।

उक्त व्यक्तिले क्षेत्रीय राजधानी नानिङको पूर्वमा रहेको शहर लिटाङको एउटा पसलमा भाग्यशाली विजयी टिकट किनेका थिए। उनले स्वर्ण जितेको थाहा पाएको भोलिपल्ट गुआङ्सी वेलफेयर लटरी सेन्टरमा पुरस्कार दाबी गर्न उनी एक्लै गएका थिए।

उनले वर्षाैदेखि चिठ्ठामा एउटै नम्बरहरू खरिद गरिरहेका थिए। उनले खरिद गर्ने २, १५, १९, २६, २७, २९ र २ ले उनलार्इ अहिले करोडाैँको मालिक बनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?