जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव
कार्तिक १९, काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताएका छन्। ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संसोधनमार्फत १० प्रदेशको सैलीमा जाने बताए।
कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए। यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए।
उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए। यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए।
देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताए।