मेयर बालेन साहलाई निर्वाचन आयोगको स्पष्टिकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन


कार्तिक १९, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टिकरण सोधेको छ। ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टिकरण मागेको हो।

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?