अष्ट्रेलियाको ‘एज्ड केयर’ क्षेत्रमा काम गर्नेहरूको तलब १५ प्रतिशतले बढ्ने


कार्तिक २०, काठमाडौँ । अष्ट्रेलियामा एज्ड केयर (वृद्ध हेरचाह) क्षेत्रमा काम गर्ने व्यक्तिहरूको तलबमा १५ प्रतिशतले वृद्धि हुने भएको छ।

शुक्रबार फेयर वर्क कमिसनले उक्त क्षेत्रमा काम गर्नेहरूको उचित मूल्य नभएको भन्ने विज्ञहरूको भनाइमा सहमति जनाउँदै पारिश्रमिकमा १५ प्रतिशतको वृद्धि हुने अन्तरिम निर्णय गरेको हो।

यो एक अन्तरिम निर्णय भएकोले अष्ट्रेलियाका सबैभन्दा कम पारिश्रमिक पाउने कामदारहरूको ज्याला वृद्धि कहिले हुन्छ भन्ने कुनै समय भने तोकिएको छैन।

युनियनहरूले भने २५ प्रतिशतको वृद्धि चाहिरहेका थिए। उक्त वृद्धि भनेको प्रतिघण्टा ५ डलर बढी भुक्तानी हुने थियो। रोयल कमिसनले कम पारिश्रमिकका कारण यस क्षेत्रमा कामदार अभाव भएपछि पारिश्रमिक वृद्धि हुनुपर्ने सवाल उठेको थियो।

२५ प्रतिशत तलब वृद्धिको माग गरिरहेका हेल्थ सर्भिस युनियनका अध्यक्ष जेरार्ड हेयजले फेयर वर्क कमिसनको अन्तरिम निर्णय कम पारिश्रमिककै लागि भएको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?