अष्ट्रेलियामा कोरोना विरूद्धको पाचौँ डोज भ्याक्सिन लगाउन अनुरोध गर्ने तयारी
कार्तिक २२, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा कोरोना विरूद्धको पाचाैँ डोज भ्याक्सिन लगाउन अनुरोध गर्ने तयारी भएको छ। अष्ट्रेलियाको भ्याक्सिन एड्भाइजरी बडीको निकट एक विशेषज्ञले उक्त अनुरोधको तयारी भएको बताएको news.com.au मा उल्लेख छ।
अष्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुपले अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ लहरको डर देखिएको बताएको छ। अहिले अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पनि सामान्य रूपमा बढिरहेको छ।
हेराल्ड सनमा उल्लेख भए अनुसार कोरोनाविरूद्धको भ्याक्सिनको पाचाैँ डोजका लागि केही दबाब समेत दिइनेछ। न्यु साउथ वेल्सका प्रमुख स्वास्थ्य अधिकारी केरी चान्टले अन्य देशमा बढ्दै गएको कोरोना संक्रमितको संख्या अष्ट्रेलियाका लागि पनि चुनाैति भएको बताएकी थिइन्।
भिक्टोरियामा प्रमुख स्वास्थ्य अधिकारीले पनि यस्तै चेतावनी दिएका थिए। अष्ट्रेलियाका अधिकांश व्यक्तिहरूले कोरोना विरूद्धको खोपको चाैथो डोज समेत लगाएका छैनन्। अष्ट्रेलियामा ३० वर्षदेखि माथिका व्यक्तिहरूले कोरोना विरूद्धको चाैथो डोज भ्याक्सिन लगाउन योग्य हुनेछन्।
अब पाचाैँ डोज क-कसले लगाउनु पर्ने भन्ने यकिन भइसकेको छैन्। यसबारे थप अध्ययन भइरहेको बताइएको छ।