ब्रिसबेनको आकाशमा दुई विमान ठोक्किँदा दुवै विमानका पाइलटको मृत्यु 


Photo : ABC News

कार्तिक २३, मेलबर्न अष्ट्रेलिया । ब्रिस्बेनको उत्तरी भागमा रहेको जिम्पी क्षेत्रको किबोङ नजिकै साना विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दिउँसो २:४५ बजे जिम्पी एयरोड्रोम नजिकै भएको दुर्घटनामा आपतकालीन टोलीलाई बोलाइएको थियो। पुलिस इन्स्पेक्टर ब्राड इन्स्किपका अनुसार दुई व्यक्ति ग्लाइडर र अल्ट्रालाइट अलग-अलग बसिरहेका थिए।

प्रहरीले ती २ विमान आकाशमा हुँदा नै ठोक्किएको अनुमान गरेको छ। प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ र दुर्घटना अष्ट्रेलियन यातायात सुरक्षा ब्यूरोलाई रिपोर्ट गरिएको छ।

स्थानीय व्यक्तिहरूका अनुसार दुर्घटनाको समयमा ठूलो विस्फोट भएको जस्तो आवाज आएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?