बेलायतका राजा चार्ल्समाथि अण्डा प्रहार


कार्तिक २४, काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहार भएको छ। योर्कमा हिँडिरहेका चार्ल्स र क्यामिलामाथि एक व्यक्तिले अण्डा प्रहार गरेका हुन्। प्रहरीले यस घटनामा संलग्न एक व्यक्तिलाई हिरासतमा लिएका छन्। बुधबार हिँडिरहेका राजामाथि अण्डा प्रहार गर्ने व्यक्तिलाई धेरै प्रहरी अधिकारीहरूले घेरेर लगेका थिए।

शहरका नेताहरूले योर्कमा स्वागत गरिरहेको बेला एक व्यक्तिले राजा र उनकी पत्नीलाई तीन वटा अण्डाले प्रहार गरेका थिए। तर, ती अण्डाले चार्ल्सलाई नलागेको बताइएको छ। राजा हिँडिरहेको बेला त्यहाँको भीडले राजाको समर्थन र आलोचनात्मक नाराबाजी पनि गरिरहेको द गार्जियनले उल्लेख गरेको छ।

प्रहरीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएपछि चार्ल्सले त्यहाँ उपस्थित मानिसहरूसँग भेटघाट गर्ने क्रम जारी राखेका थिए। उनी एक परम्परागत समारोहमा भाग लिइरहेका थिए जसमा सार्वभौमलाई लर्ड मेयरले शहरको ढोकाबाट आधिकारिक रूपमा योर्कमा स्वागत गर्दछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?