राखीले शर्लिनलाई ‘पोर्नस्टार’ भनेपछि..!


कार्तिक २४, मुम्बई । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ। राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन्।

शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन्। मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार मामला दर्ता गरिएको हो।

एक पत्रकार सम्मेलनमा राखी र उनका वकिलले एक आपत्तिजनक भिडियो देखाएर आफूमाथि आपत्तिजनक भाषाको प्रयोग गरेको शर्लिनको आरोप छ।

शर्लिनले मीटूको आरोपी साजिद खानले बिग बोसमा प्रवेश पाएको विषयलाई लिएर आपत्ति जनाएपछि राखीसँग उनको विवाद चुलिएको थियो। राखी साजिदको समर्थक हुन्। उनले साजिदको पक्षमा बोल्दै शर्लिनको विरोध गरेकी थिइन्।

राखीले शर्लिनलाई ‘पोर्नस्टार’ बताउँदै दिनदिनै जोकोहीलाई आरोप लगाउने काम शर्लिनले गरेको दाबी गरेकी थिइन्। यता शर्लिनले भने राखीलाई प्रेमी र पति बदल्ने महिला भन्दै आरोप लगाएकी थिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?