बन्दुक देखाएर धम्की दिँदै लुटपाट गर्ने समुह केमार्टको कारपार्टबाट पक्राउ


Photo: 9news

कार्तिक २४, मेलबर्न अष्ट्रेलिया । घरमा आक्रमण गर्दा दुई महिलालाई बन्दुकको धम्की दिएको आरोपमा केमार्ट कारपार्कमा तीन जना पक्राउ परेका छन्।

मेलबर्नको उत्तरमा क्याम्पबेलफिल्डको जेफ्री स्ट्रिटको कारपार्कमा राति १.४० बजे एक पुरुष, एक महिला र एक १७ वर्षीय युवकलाई हतियार सहितको प्रहरी टोलीले पक्राउ गरेका हुन्।

प्रत्यक्षदर्शिहरूका अनुसार पक्राउको समयमा बन्दुकको आवाज समेत सुनिएको थियो। प्रहरी कुकुरहरूको समेत प्रयोग गरेर पक्राउ गरिएको नाटकीय प्रक्रियामा प्रहरीको कारमा क्षति समेत पुगेको बताइएको छ।

उक्त समूहले होल्डन कमोडोरको चाबी चोर्नु अघि २२ वर्षीया महिलालाई धम्की दिएको प्रहरीले बताएको छ। उक्त घरमा बस्ने महिला चोरीको समयमा घर फर्किएपछि चोरी गर्ने गिरोहरूको सामना गरेका थिइन्।

त्यसपछि आरोपितहरूले कमोडोर र अर्को गाडीमा भाग्नु अघि उनलाई बन्दुक देखाएर धम्की दिएका थिए। पक्राउ परेका व्यक्तिलाई प्रहरीको कुकुरले टोकेपछि सामान्य चोट लागेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?