जी २० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने


कार्तिक २६, एजेन्सी। चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडेनलाई भेट्ने भएका छन्। बेइजिङको विदेश मन्त्रालयले सीले बाइडेनलाई भेट्ने पुष्टि गरेको छ हो । चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ।

जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो । त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका थिए। तर, कोभिड १९ महामारी र सीको विदेश यात्रा रोकिएपछि उनीहरूबीच भेट हुन सकेको थिएन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा सीले आगामी हप्ता नोभेम्बर १४ देखि १७ तारिखसम्म बालीमा बाइडेन र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोन, साथै सेनेगलका म्याकी साल र अर्जेन्टिनाका अल्बर्टो फर्नान्डेजसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?