क्रूज जहाजमा सिड्नी आइपुगे ८ सयबढी कोरोना संक्रमित
कार्तिक २७, मेलबर्न अष्ट्रेलिया । कोभिडबाट संक्रमित भएका करिब ८०० यात्रु बोकेको एउटा क्रूज जहाज सिड्नीमा रोकिएको छ।
म्याजेस्टिक प्रिन्सेस शनिबार बिहान ६ बजे भन्दा पहिले सर्कुलर क्वेमा आइपुगेको थियो। धेरै यात्रुहरू बन्दरगाहमा जहाज रोकिएको हेर्न बालकोनीमा बसेका थिए। ति मध्ये अधिकांशले मास्क लगाएको बताइएको छ।
एम्बुलेन्स चालक दलहरू विदेशी यात्रु टर्मिनलमा तैनाथ थिए। न्यूजील्याण्डको १२ दिने भ्रमण पूरा गरेका यात्रुहरू जहाजबाट बाहिर निस्कन तयारी गर्दै थिए।
उक्त जहाजमा भएका हरेक ४ जनामध्ये एक जनामा कोरोना संक्रमण भएको अनुमान गरिएको छ। २०२० मा रबी प्रिन्सेज जहाजमा कोरोना संक्रिमत भएको संख्यापछि कै सबैभन्दा धेरै भएको बताइएको छ।
जहाजका प्रवक्ताले उक्त जहाजमा सवार व्यक्तिहरू कोरोना संक्रमित भएको पुष्टि गरेका छन्।
‘सबै अप्रभावित पाहुनाहरूले मास्क लगाएका छन् र उनीहरू सिड्नीमा ओर्लिएपछि पनि यो क्रम जारी रहनेछ। हामीले सक्रिय रूपमा कोभिड १९ का घटनाहरूको लागि तयारी र व्यवस्थापन गरिरहेका छौं। न्यु साउथ वेल्स हेल्थसँग उनीहरूको दिशानिर्देशहरू पालना गर्दै नजिकबाट काम गर्न हामी तयारी छौं।’ जहाजका प्रवक्ताले भनेका छन्।
प्रभावित पाहुनाहरूलाई उनीहरूको घर, होटल वा अन्य स्थानमा उनीहरूको मनपर्ने ठाउँमा अलग गर्न निजी यातायातको व्यवस्था गरिएको बुझिएको छ।
पूर्वी समुद्रीतट र क्रूज प्रोटोकलहरूका अनुसार यात्रुहरू र चालक दल कोरोना संक्रमित भएमा उनीहरूको सकारात्मक परीक्षण परिणामको मितिबाट पाँच पूर्ण दिन अलग्गै बस्नुपर्नेछ।