अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र अमेरिकाका राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता
कार्तिक २७, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र अमेरिकाका राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। कम्बोडियामा भएको दोश्रो आसियन-अष्ट्रेलिया समिट २०२२ मा अल्बानिज र बाइडेनबिच वार्ता भएको हो।
अल्बानिजले आँफुहरूबिच शान्तिपूर्ण र समृद्ध इन्डो-प्यासिफिकप्रतिको हाम्रो प्रतिबद्धताको बारेमा कुरा गरेको जानकारी दिएका छन्।
उनले फेसबुकमा भेटबारे लेखेका छन्, ‘कम्बोडियामा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग भेट्न पाउँदा खुसी लाग्यो। हामीले हाम्रा साझा मूल्यहरू र शान्तिपूर्ण तथा समृद्ध इन्डो-प्यासिफिकप्रतिको हाम्रो प्रतिबद्धताको बारेमा कुरा गर्यौं।’
उक्त समिटमा अल्बानिजले जापानका प्रधानमन्त्री फुमियो किशिदा, दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योल लगायत अन्य नेता तथा समकक्षिहरूसँग पनि भेट गरेका छन्।