मेलबर्नमा लिकबाट बाहिर गयो रेल
कार्तिक २८, मेलबर्न अष्ट्रेलिया । मेलबर्नको दक्षिण-पश्चिममा एउटा मालवाहक रेल दुर्घटना भएको छ। रेल लिकभन्दा बाहिर गएपछि धेरै डिब्बाहरू एकै ठाउँमा थुप्रिएका छन्।
बिहान ५.४८ बजेतिर जिलङको पश्चिममा रहेको इनभरले र घेरिङ्घापको बीचमा रहेको ह्यामिल्टन राजमार्ग नजिकै भएको घटनामा आपतकालीन सेवाहरूलाई बोलाइएको थियो। नाइन न्युजको हेलिकप्टरबाट लिइएको तस्बिरमा दुर्घटना पछि दशौं डिब्बाहरू एकअर्कामाथि थुप्रिएको देखिएको छ।
दुर्घटनामा चालकलाई कुनै चोटपटक नलागेको छैन र रेलमा कोही यात्रु नभएको पुष्टि भएको छ। स्टेट इमर्जेन्सी सर्भिस (एसईएस) ले आठ वटा डिब्बा भएको रेलले कुनै खतरनाक वस्तु नबोकेको बताएको छ।
अस्ट्रेलियन रेल ट्र्याक कर्पोरेशनका प्रवक्ताले बिहान ५ः ३०बजे रेल ट्र्याकबाट खसेको कारण मेलबर्न-एडिलेड रेल कोरिडोर बन्द भएको जानकारी दिएका छन्। अहिले अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनास्थल नियन्त्रणमा लिएको बताएका छन्।