इतिहास रचेकी रेनुका लामालाई एनआरएनए अष्ट्रेलियाले दियो बधाइ


कार्तिक २९, मेलबर्न अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ, अष्ट्र्रेलिया (एनआरएनए)ले रेनुका लामालाई बधाइ दिएको छ। साउथ अष्ट्रेलियाको स्थानीय निर्वाचनमा वारिपारिङ्गा कउन्सिलको काउन्सिलरमा वियजी भएकी उनलाई एनआरएनएले मंगलबार बधाइ दिएको हो।

नेपाली मूलकी रेनुका लामा साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलको काउन्सिलर पदमा विजयी भएकी थिइन्। उनले ठूलो मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

मतगणनाको अन्तिम परिणाम अनुसार लामा १२०४ मत सहित विजयी हुन सफल भइन्। दुई जना छनौट हुने निर्वाचन प्रणालीमा लामा प्रथम भएकी थिइन्।

उनिभन्दा पछि परेका टेलफरले करीब ४० मत कम पाएका थिए। उनी पछिल्लो २९ वर्षदेखि काउन्सिलरको रूपमा रहेका थिए। उनले विजयी गराउने सबै मतदाता सहित सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेकी छन्।

लामा एनआरएनए अष्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया राज्यकी कोअर्डिनेटर हुन्। उनी अष्ट्रेलियाको स्थानीय तहको निर्वाचनमा विजयी हुने पहिलो एनआरएनएकी सदस्य समेत हुन्। त्यस्तै, साउथ अष्ट्रेलियाकी उनी पहिलो अनि एक्लो नेपाली मूलकी काउन्सिलर समेत हुन्।

एनआरएनए अष्ट्रेलियाले लामा काउन्सिलरमा विजयी हुनु गाैरवको कुरा भएको बताउँदै उनको सफल कार्यकालको कामना समेत व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?