आमा बितेको २ महिना मै महेश बाबुका पिताको निधन, शोक नसकिँदै थपियो अर्को पीडा


कार्तिक २९, एजेन्सी । साउथ इण्डियाका सुपरस्टार महेश बाबुका पिताको निधन भएको छ। सोमबार हर्ट अट्याक भएपछि कृष्णा घट्टामनेनीलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पालले गरेको सक्दो प्रयासका बाबजूद पनि उनको मंगलबार उपचारका क्रममा निधन भएको आजतकले उल्लेख गरेको छ। उनको हैदरावादको एक नीजि अस्पतालमा मृत्यु भएको हो।

महेश बाबुकी आमाको २ महिना अघि मात्रै निधन भएको थियो।

कृष्णा घट्टामनेनी तेलेगु स्टार थिए। उक्त इन्डस्ट्रीमा उनी स्टार कृष्णाका नामले परिचित थिए। तेलेगु फिल्म इन्डस्ट्रीले ७९ वर्षीय एक लिजेन्ड गुमाएको छ।

तेलेंगनामा मुख्यमन्त्री चन्द्रशेखर रावले उनको मृत्युप्रति शोक व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?