सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए


मंसिर ३, काठमाडौँ । सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिएका छन्। जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदानकेन्द्रका अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्।

मतदान केन्द्रमै सुतेका राय आज बिहान अन्दाजी ४ बजे अन्य कर्मचारीले उठाउन खोज्दा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ। सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?