गोरखा-२ : १४६ मतदान केन्द्र, मतदाता कति ?
मंसिर ३, काठमाडौँ । गोरखा क्षेत्र नम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन्।
जसमध्ये ५२ हजार ९९ पुरुष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन्। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन्।
महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ। यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन्। प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा २ लाई चासोका साथ हेरिएको छ।