रुपन्देहीमा ६७ दशमलव ५ प्रतिशत मतदान


मंसिर ५, रूपेन्देही। रुपन्देहीमा ७७ दशमलव ५ प्रतिशत मत खसेको छ। आइतबार भएको मतदानमा जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट करिब ४ लाख ३१ हजार जनाले मताधिकारको प्रयोग गरेका हुन। खसेको मत स्थानीय तहभन्दा कम हो। स्थानीय तहभन्दा मतदाता बढेपनि मत कम खसेको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ३६ राजनीतिक दलमध्ये २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी थिए। रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाले उम्मेदवारी दिएका थिए। ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेको जिल्लामा कुल मतदाताको करिब ३२ दशमलव ५ प्रतिशतले मताधिकार प्रयोग गरेका छैनन्।

जिल्लाका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए। १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेको रुपन्देहीको क्षेत्र नम्बर १ मा ६६ प्रतिशत मतदान भएको छ। त्यस्तै, १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ६३ प्रतिशत , १लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७० दशमलव ५ अर्थात ९२ हजार ९ सय ७२ जनाले मत दिएका छन, १ लाख १० हजार ६ सय ५९ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ७० प्रतिशत र १ लाख २९ हजार १ सय ३५ मतदाता क्षेत्र नम्बर ५ मा ६८ प्रतिशत मतदान भएको छ। सबै भन्दा बढी मत क्षेत्र नम्बर ३ मा खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कम्प्युटर अपरेटर विनोद भट्टराईले न्युजकारखानालाइ जानकारी दिए।

सर्वदलीय बैठकले २ ठाउमा मतगणना गर्ने भन्ने टुंगो लगाएपनि मतगणना सुरु भएको छैन। रुपन्देहीमा २ सय ८ मतदान स्थलमा ७ सय २ मतदान केन्द्र रहेका थिए। २०७४ सालमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मतगणना २ ठाँउमा गरिएकोमा यस पटक ५ वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को लागि देवदह नगरपालिकाको शितलनगरमा रहेको देवदह बहुमुखी क्याम्पसलाई मतगणना स्थल तोकिएको छ। क्षेत्र नम्बर २ को लागि बुटवल उप–महानगर पालिकाको कार्यालय, क्षेत्र नम्बर ३ को लागि भैरहवा नमूना माध्यमिक बिद्यालयलाई मतगणना स्थल तोकिएको छ। यस्तै, क्षेत्र नम्बर ४ को लागि कोटहीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय र क्षेत्र नम्बर ५ को लागि गैडहवा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई तोकिएको बताए।

रुपन्देहीको क्षेत्र नम्बर १ मf सर्वदलीय बैठकले मतगणनाबारे टुङगो लगाउने निर्वाचन अधिकृत श्याम श्रेष्ठले जानकारी दिए। क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेको छ सम्भवत विहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ। त्यस्तै क्षेत्र नम्बर ३ मा राती बसेको सर्वदलीय बैठकले वबहान ८ बजे देखि मतगण्ना सुरु गर्ने मुख्य निर्वाचन अधिकृृतको कार्यालयका प्रवक्ता शोभाखर खरेलले जानकारी दिए। क्षेत्र नम्बर ४ मा सर्वदलिय बैठक बसेर विहान ८ बजेदेखि मतगणना गर्नेछ। क्षेत्र नम्बर ५ मा सर्वदलिय बैठक बसेको छैन, बैठकले मतगण्नाको ट्ङगो लगाउने निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?