काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता


फाइल तस्बीर ।

मंसिर ५, काठमाडौँ । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन्।

सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार सिंहले ३२६, राप्रपाका रवीन्द्र मिश्रले २८९ र एमालेका किरण पौडेलले १८६ मत पाएका छन्।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?