प्रारम्भिक मतगणनामा माओवादी र एकीकृत समाजवादी पछाडि
मंसिर ५, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रारम्भिक नतिजाले माओवादी केन्द्र र एकीकृत समाजवादी पछाडि परेको देखिएको छ। हालसम्म मतगणना भइरहेको काठमाडौंसहितका २१ निर्वाचन क्षेत्रमध्ये दुई पार्टीले कुनै पनि क्षेत्रमा अग्रता लिएका छैनन्।
हालसम्मको तथ्यांकअनुसार एमालेले आठ ठाउँमा, कांग्रेस तीन स्थानमा अग्रता एकमा विजयी, राष्ट्रिय स्वतन्त्र पार्टी चार ठाउँमा अग्रता, राप्रपा दुई र जनमत पार्टी एक ठाउँमा अगाडि छ। अधिकांश क्षेत्रमा माओवादी र एकीकृत समाजवादी चौथो र पाँचौँ स्थानमा छन्।