रुपन्देहीको ४ मा मतगणना सुरु, लाेसपाका शुक्ला अगाडि


मंसिर ५, रूपन्देही। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएकाे छ। दिउँसाे सुरु भएकाे मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन्।

यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ ‘क’मा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ ‘ख’मा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?