मनाङमा एमालेका गुरुङ अगाडि
मंसिर ५, काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिएका छन्। त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गरेका छन्। उहाँहरुबीच ३३ मतको अन्तर रहेको छ। अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ।