गोरखा क्षेत्र नं २ को मतगणना सुरु, प्रचण्डको फराकिलो अग्रता
मंसिर ५, काठमाडौँ । मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ। गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।
बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो। अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उनले बताए।
गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका छन्।
त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन्। अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहेका छन्।
सुरुवाती मत परिणाम अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३८ मतका साथ अग्रता कायम गरेका छनु भने एमालेका मियाँले १३ मतका साथ पछ्याइरहेका छन्।