मोरङ–४ को प्रतिनिधिसभामा मोदीको अग्रता
मंसिर ५, काठमाडौँ । मोरङकम आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले एक हजार एक सय ४८ मत ल्याएका छन्।
जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले आज साँझ ६ः३० बजे सार्वजनिक गरेको मत परिणामअनुसार नेकपा एमालेका विनोदप्रसाद ढकालले छ सय ३१ र राप्रपाका रवि रिजालले एक सय एक मत प्राप्त गरेका छन्। मत कटहरि गाउँपालिका–४ को खैरवना मतदानस्थलको क, ख र ग को दुई हजार एक सय ४४ मतमध्ये सदरमत दुई हजार १० भएको उनले जानकारी दिए।
यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनकातर्फबाट नेकाका गुरुराज घिमिरेले नौ सय सात, नेकपा एमालेका जयप्रकाश चौधरीले सात सय सात र राप्रपाका आशनारायण माझी थारुले दुई सय ५५ मत ल्याएका छन्।