सिन्धुपाल्चोक१ मा एमालेका नेपाल र २ मा कांग्रेसका बस्नेत अगाडि
मंसिर ६, काठमाडौँ । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ। प्रारम्भिक मतपरिणाम अनुसार क्षेत्र नं १ मा चार हजार ८३८ मत गन्दा नेकपा (एमाले)का सरेश नेपालले दुई हजार ३५ मत प्राप्त गरेका छन्।
त्यस्तै लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले एक हजार ८८४ मत प्राप्त गरेका छन्।
क्षेत्र नं १ प्रदेस १ मा कांग्रेसका मसिना खड्का ७२२ र एमालेका युद्धविक्रम लामाले ७११ मत प्राप्त गरेका छन्। क्षेत्र नम्बर २ प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल दुई हजार १६३ नेकपा एमालेका अमान सिं तामाङले एक हजार २४८ मत प्राप्त गरेका छन्। त्यस्तै समानुपातिक मत गणना पनि जारी रहेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन्। जारी मतगणनामा बस्नेतले दुई हजार दुई सय ३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले एक हजार दुई सय ८६ मत प्राप्त गरेका छन्।